राष्ट्रिय दलित पत्रकार संघ तनहुँको अध्यक्षमा पुर्ण विक चयन भएका छन् । शाखा अध्यक्ष सन्त वहादुर नेपालीको अध्यक्षतमा भएका दोश्रो जिल्ला अधिवेशन तथा साधारण भेलाले पुर्ण विकको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा अशोक विश्वकर्मालाई चयन गरेको छ । यसैगरि सचिवमा शर्मिला विक, सहसचिवमा शुरेश सेन्चुरी, कोषाध्यक्षमा अन्जान परियार, सदस्यहरुमा देव गजमेर, अमृत परियार, रितिका सुनार, सपना सेन्चुरी चयन भएका छन् ।
यसैगरि अधिवेशनवाट केन्द्रिय प्रतिनिधीमा एस.वी नेपाली र गण्डकी प्रदेश सदरुयमा शालिकराम सुनार चयन भएका छन् ।








