म्याग्दे गाँउपालिकाको १७ औ गाँउसभा शुरु भएको छ । पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा शुरु भएको गाँउसभामा ३४ वटा प्रस्ताव पेश गरिएको छ । गाँउसभामा ३ वटा विधेयक प्रस्तुत समेत भएको छ ।
म्याग्दे गाँउपालिकाको तथ्याङ्क तथा अभिलेख व्यवस्थापन विधेयक २०८१, म्याग्दे गाँउपालिकाको वालअधिकार विधेयक २०८१ र म्याग्दे गाँउपालिकाको आर्थिक ऐन २०८१ पहिलो सम्वोधन २०८१ मा गाँउपालिकाका सदस्यहरुले विधेयकमाथी सैद्धान्तिक छलफल गरेका थिए ।
उपाध्यक्ष वालकृष्ण घिमिरेले संकल्प प्रस्ताव पेश गरेका थिए भने वसन्त कुमार श्रेष्ठ र वद्रिका घिमिरेले छलफलमा भाग लिएका थिए ।

त्यसैगरि गाँउसभामा समितीको अर्धवाष्र्कि प्रतिवेदनमा छलफल र स्वीकृत भएको थियो । जसमा सर्वाजनिक लेखा समितीको अर्धवार्षिक प्रतिवेदन ०८१।०८२, संयोजक शिव वहादुर क्षेत्रीवाट प्रस्तुत भएको थियो भने न्यायिक समितीको अर्धवार्षिक प्रतिवेदन ०८१।०८२ संयोजक वालकृष्ण घिमिरेवाट प्रस्तुत भएको थियो भने सुशासन समितीको अर्धवार्षिक प्रतिवेदन संयोजक सुनिता नेपालीवाट प्रस्तुत गरिएको थियो ।
१७ औ गााउसभामा ३४ वटा नितिगत निर्णयका एजेण्डा तथा प्रस्तावहरु पेश गरिएका छन् । जसमा कार्यपालिकाले गरेका हालसम्मका निर्णय अनुमोदन, संगठन तथा व्यवस्थापन सर्वेक्षण दोश्रो शंशोधन सँगै करार दरवन्दी स्कीकृत, योजना तथा कार्यक्रम फरफारक, आन्तरिक राजश्व वृद्धि(नदिजन्य घाट, ठेक्का तथा अमानत, निजि जग्गा उत्खनन व्यवस्थापन, लिलाम विक्री, निकासी ठेक्का आदि, विभिन्न विधेयक स्विकृत, हालसम्मको खर्च अनुमोदन, सवारी मर्मत तथा खरिद, अधिकार प्रत्यायोजन, करार नविकरण रहेका छन् ।

यसैगरि प्रस्तावहरुमा डिजिटलाईजेशन उपयोग र निरन्तर अध्यावधिक, विभिन्न प्रतिवेदन छलफल तथा स्वीकृत, वादर नियन्त्रण, संकल्प प्रस्ताव स्वीकृत तथा कार्यन्वयन गर्ने, राजश्व छुट, तलवी प्रतिवेदन स्वीकृत सम्वन्धमा, आय संकुचन संगै भुक्तानी हुन नसक्नेयोजना, सहकारी नियमन व्यवस्थापन, विद्यालय नियमन व्यवस्थापन, रिक्त कर्मचारी करार पदपुर्ति, अवैध उत्खनन जरिवाना असुली, जग्गा भोगाधिकार, आर्थिक विपन्न आवास निर्माण अन्तरगत जग्गा रोकका सम्वन्धमा, सार्वजनिक भवन निर्माण, खानेपानीलगायत अपुरा योजना सम्पन्न गर्ने, नया वजेट निर्माण चरणमा संघ प्रदेशमा माग गर्ने, थर्पु अस्पतालको लागी आवश्यक पर्ने जनशक्ति माग सम्वन्धमा, लिलाम विक्री सम्वन्धमा, वहुवर्षिय योजना स्कीकृत सम्वन्धी, चोरी तथा दुर्घटना सुचनाकालागी सडकमा सिसी क्यामरा जडान गर्ने, पृथ्व िराजमार्ग सडक निर्माण आयोजना, लागत साझेदारी योजना कार्यन्वयन मापदण्ड निर्माण गर्ने, कासमाजिक सुरक्षा कोष गण्डकी प्रदेश नवप्रर्वद्धन र वृद्धिमृखी कार्यक्रम कार्यन्वयन सम्वन्धी, वजेत तथा योजना कार्यक्रम शंशोधन तथा रकमान्तर गर्ने, विविध विषय र अधिवेशन अन्त्य सम्वन्धी प्रस्ताव गाँउसभामा पेश गरिएको छ ।
गाँउपालिकाका सदस्यहरुवाट दफावार छलफल गरिएको गाँउसभामा विषयवस्तुको प्रकाश प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले प्रस्तावको वारेमा प्रष्ट पारेका थिए ।
