लमजुङ, १७ पुसः
लमजुङ बेँसीसहर नगरपालिका वडा नं. ७ सहजी खेलमैदानमा जारी ३२ औं त्रिवेणी कपको सेमिफाइनलमा एपीएफ र टोखा प्रवेश गरेको छ । त्रिवेणी युवा क्लब बेँसीसहर लमजुङको आयोजनामा आयोजित यस प्रतियोगिता अन्तर्गत आज भएको क्वाटरफाइनलमा पहिलो खेलमा सातौँ राइनो गोल्डकपको विजेता विभागिय टिम एपीएफले मछिन्द्र फुटबल क्बललाई ० का विरुद्ध ४ गोल गर्दै सेमिफानलयको यात्रा तय गरेको हो । खेलको पहिलो हाफको २१ औँ मिनेटमा कप्तान हरि कार्कीले पहिलो गोल गर्दै टिमलाई अघि बढायो ।

पहिलो हाफको निर्धारित ४० मिनेट पश्चात् थप गरिएको समयमा खेलको ४२ औँ मिनेटमा एपीएफकै खेलाडी प्रदिप लामाले गोल गर्नुभएको थियो । त्यस्तै, खेलको दोस्रो हाफको १२ औँ मिनेटमा प्रदिप लामाले पुनः एक गोल तथा १९ औँ मिनेटमा युवराज खड्काले एक गोल गरेको थियो । दुई गोल गर्नुभएका लामा म्याद अफ दि म्याचको उपाधीसहित ५ हजार रुपैयाँ प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो । त्यस्तै, आज भएको दोस्रो क्वाटरफानल खेलमा नेपालकै चर्चित फुटबल क्लब न्यूरोड टिम (एनआरटी) लाई ० का विरुद्ध ३ गोल गर्दै टोखा भगवती काठमाडौ सेमिफाइनल प्रवेश गर्न सफल भएको छ । टोखाका खेलाडी अमृत लामाले पहिलो हाफको ७ औँ मिनेटमा र पहिलो हाफकै ३८ औँ मिनेटमा गरी दुई गोल गर्नुभएको छ ।

त्यस्तै, खेलको दोस्रो हाफको ७ औँ मिनेटमा विदेशी खेलाडी अपिक रिचर्डले एक गोल गरेको थियो । यस्तै यस प्रतियोगितामा दुई गोल गर्नुभएका लामा म्याद दि म्याच घोषित हुँदै नगद ५ हजार प्राप्त गर्नुभयो । यस क्लब यसअघि त्रिवेणी कपको २८ औँ र २९ औँ संस्करणमा उपविजेता बनेको थियो । क्लबका अनुसार भोलि बिहिबारको पहिलो क्वाटर फाइनल खेल आयोजक त्रिवेणी युवा क्लब र अभिषेक चर्ज नवलपुर तथा दोस्रो खेल विभागिय टिम त्रिभुवन आर्मी र बुद्ध युथ क्लब भोटेओडार लमजुङबीच हुने भएको छ । यही पुस १२ गतेदेखि सञ्चालित यस प्रतियोगितामा विभिन्न नेपालका ‘ए’ डिभिजनका टिमहरुसहित १६ टिमको सहभागिता रहेको छ । प्रथम हुने टिमले नगद १२ लाख, मेडल, प्रमाण–पत्र तथा ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने टिमले नगद ६ लाख रुपैयाँ प्राप्त गर्ने छ भने, प्रतियोगितामा सेमीफाइनलमा पराजित २ टिमलाई नगद २÷२ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्र साथै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५÷२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ