मेयर कपको उपाधि व्यास ६ ले जितेको छ । व्यास नगर खेलकुद समितीको आयोजनमा भएको भलिवल प्रतियोगितामा व्यास १३ वडालाई ३÷२को सोझो सेटमा पराजित गर्दे प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

खेलकुदमा भविश्य निर्माण, राष्ट्रको पहिचान भन्ने मुल नाराका साथ शुरु गरिएको भलिवल प्रतियोगितमा नगरपालिका भित्रका १४ वडाको खेलाडीहरुको सहभागिता रहेको थियो ।
व्यास ६ को वडा प्रथम भएको भलिवल प्रतियोगितामा व्यास १३ दोश्रो स्थान हासिल गरेको छ भने व्यास ५ र १४ वडाले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितमा प्रथम हुने टिमले कर समेत गरि ५० हजार, दोश्रोले ४० हजार र सान्त्वना टिमले १०÷१० हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

भलिवल प्रतियोगितका समापन समारोहमा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले खेलकुद क्षेत्र देशको पहिचान भएको वताए । खेलकुद मानव जीवनको अभिन्न अंग भएको हुदाँ खेलकुदको विकासका लागी सवै पक्ष मिलेर अगाडी वढ्नुपर्ने वताए । खेलकुदको माध्यामवाट व्यक्तिगत जीवन स्वास्थ्य सँगै देश र समाज निर्माणमा समेत टेवा पुरयाउन सकिन्छ, नगर प्रमुख न्यौपानेले भने ।

