कला र संस्कृति हाम्रो गहना हो । अध्यक्ष श्रेष्ठ

म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला र संस्कृति देशको अमुल्य गहना भएको वताउनुभएको छ । नेपालको संस्कृति विर्सदै जाने त र विदेशी संस्कृति अंगाल्दै जाने संस्कृतिले हामीमा परनिर्भरता वढेको वताए । शिक्षामा आमुल सुधारका नाममा अनुपयोगी शिक्षा पढ्दै जादाँ देशमा जनशक्तिको अभाव भएको समेत वताए ।
वाराही महिला वहुउद्येश्यीय सहकारी संस्थाद्धारा नेपाली नारीहरुको महानपर्व हरितालिका तिजको अवसरमा आयोजित समाज परिवर्तनमा महिलाको भुमिका विषयक कार्यक्रममा वोल्दै वहाँले सो कुरा वताउनुभएको हो ।
एकाध धर्म र संस्कृति वाहेक नेपालको कला र सम्पदा विश्वका नै उत्कृष्ट सस्कृति हो । हामी अनुशासित र मर्यादित हुनका लागी हिजोको हाम्रो शिक्षा, सस्कृति र पुर्वव्यवसायिक शिक्षा अपरिहार्य छ । देखासिकीको नाममा सवैजना डाक्टार, ईन्जिनियर, नर्स पढ्दा त्यसले समस्या ल्याएको छ । अध्यक्ष श्रेष्ठले वताए । विगतमा विद्यालयस्तरमा नै व्यवसायिक शिक्षा दिईने गरिन्थ्यो, जसले गर्दा उत्पादन र अनुभवमा पुर्णता थियो, तर अहिले त्यो हराएर गयो, अध्यक्ष श्रेष्ठले वताए । सो अवसरमा श्रेष्ठले महिलाहरु समाज रुपान्तरणको मुख्य माध्याम भएको वताए । महिलाको उपस्थितीले नै समाज निर्माणमा महत्वपुर्ण भुमिका खेल्नेहुदाँ गाँउपालिका सधै महिलाको क्षमता अभिवृद्धिमा साथ रहेको वताए ।
सो कार्यक्रममा म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले संस्कृतिको जगेर्नाका लागी गरिएको तिज गीत प्रतियोगिता सहनिय भएको वताए । कोभिड पछि को यो कार्यक्रमले पुन विस्तारै गति लिन थालेको समेत वताए । तीज गीत प्रतियोगितामा गाईएको गीतले वास्तविक समाजको चित्रण गरेको हुनाले समाजमा महिलाको भुमिका स्थापित गर्नका लागी सवै लाग्नुपर्ने समेत वहाँले वताए ।
६ वटा समुहले भाग लिएको तिज गीत प्रतियोगिताम आर्दश युवा क्लाव महेन्द्र मावी प्रथम भएको थियो । कार्यक्रममा सयपत्री आमा समुह, गणेश आमा समुह, महिला जागरण आमा समुह, नौ धरे आम समुह, एकता मगर समाज लगायतका उपस्थिती रहेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.