तनहुँ जिल्ला खनिजहरुको भण्डार

नेपाल प्राकृतिक स्रोत साधन र खनिजले सम्पन्न मुलुक हो । खोज अनुसन्धान, अन्वेषण, प्रविधिको अभावले खनिजको क्षेत्रमा नेपाल पछाडी परिरहेको छ । यसमा अथाहा सम्भावना भएर पनि यसको उचित उपयोग हुने सकेको छैन् । नेपालको पाँच भौगर्भिक विभाजन मध्ये लेसर हिमालय  (Lesser Himalaya) मा पर्ने तनहुँ जिल्ला पछिल्लो अध्ययन र अनुसन्धानबाट धातु र गैर(धातु दुवै भण्डारमा निकैनै धनी छ । खनिजहरु धातु र अधातु गरी २ प्रकारमा विभाजन गरिएको छ। खानी तथा भूगर्भ विभागको अध्ययन अनुसार उक्त क्षेत्रमा मुख्य खनिजहरुको धातु जस्तै फलाम , तामा, जस्ता, शङ्कास्पद सुन पाइन्छ भने अधातुमा हरियो मार्वल, स्ललेट, सिसा, चुन ढुङ्गा, इन अर्गानिक कार्बनको तथा सजावटी ढुङ्गाहरु, पाइराट, टल्क (म्याग्नेसाइट) तथा नदिजन्य खनिज पदार्थहरु पाइने गरेको छ ।

तनहुँको फलामडाडा, भुत खोला , लव्दि खोला, ढोलेमा फलाम पाउने गरिन्छ भने भुत खोला, लब्दी खोला, चण्डली खोला र काउँमा तामा भेटिएको छ। मादी नदी, मर्स्याङ्दी नदीमा प्लेसर सुन तथा भाङ्गेरी खोला ,जौबरी खोला(बार खोला खण्डहरूमा शङ्कास्पद सुन सहित बहु (धातुको भण्डारहरू भेटिने तथ्यांक छ । त्यसैगरी गोन्ड्राङ क्षेत्र वरिपरि इन ओर्गनिक कार्बनको ठुलो भण्डार पाइन्छ भने बगर खोला क्षेत्रमा सजावटी ढुङ्गाका रूपमा राम्रो गुणस्तरको हरियो मार्बल (मेटाब्यासाइट) र बन्दीपुर क्षेत्रमा राम्रो गुणस्तरको छत छाउने स्ललेट ढुङ्गा पाइन्छ। शिशा र जस्ता धातु गिजाङ र वर्च्याङमा पाइन्छ। । पाइराट खनिज झारगाउमा पाइने गरीन्छ भने कस्मेटिक, चल्लक आदिमा प्रयोग हुने टल्क ९म्याग्नेसाइट० फिरफिरे, ढोर्फिर्दिमा पाहिन्छ । तनहुँ जिल्लाको सदमुकाम दमौली बजार आसपासका क्षेत्रहरू जस्तै खहरे, दुम्सिकोटमा सिमेन्ट उत्पादनमा प्रयोग हुने चुन ढुङ्गा प्रशस्त रूपमा पाइन्छ। उच्च हिमालयबाट आएका नदिजन्य खनिज पदार्थ मादि ,सेति र मर्स्याङ्दी नदि किनारमा वालुवा, ग्राभल, वोल्डरहरु रूपमा उत्खनन गर्ने गरिन्छ ।

यी खनिजहरूको मात्रा र गुणस्तरको सन्दर्भमा कुनै विस्तृत अध्ययन गरिएको छैन। छिमेकी मुलक चीन र भारतले खनिज पदार्थको अनुसन्धान पश्चात उत्खनन गरि खर्बौं रकम आर्जन गरिरहेको छ । खोजी गर्न सके नेपालमा कयौं दुर्लभ किसिमका खनिज भेटिन सक्छ । यसतर्फ राज्य र विज्ञहरुको ध्यान नगएसम्म उपलब्धि शून्य नै रहन्छ ।उपलब्ध स्रोतसाधनको समूचित उपयोग गर्नसके मात्र देशको आर्थिक विकास र जनताको जीवनस्तरमा सुधार हुन्छ । त्यसैले खानी तथा खनिजजन्य उद्योगलाई उच्च प्राथमिकतामा राखिनुपर्दछ ।

लेखक अधिकारी भूगर्भविद् हुन् ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
1
+1
1
+1
1
+1
3
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.