म्याग्दे गाँउापालिकाको आर्थिक वर्ष ०८१।०८२ को वजेट नीति तथा कार्यक्रम निर्माणका लागि सर्वपक्षिय अन्तर सम्वाद कार्यक्रम सम्पन्न


म्याग्दे गाँउापालिकाको आर्थिक वर्ष २०८१।०८२ को वजेट नीति तथा कार्यक्रम निर्माणका लागि सर्वदलिय सर्वपक्षिय अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
स्वच्छ सभ्य समृद्ध म्याग्देको आधार, कृषि पर्यटन र पुर्वाधार वन्ने लक्ष्य वोकेको पालिकाले वजेट निर्माणको पुर्व सन्ध्यामा पालिका भित्रका राजनैतिक दल, समाजसेवी, वुद्धिजीवि, सरोकारवाला निकाय, विभिन्न संघसंस्था सँग पालिकालाई कसरी समृद्ध वनाउन सकिन्छ भन्ने विषयमा सुझाव माग गरेको हो । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तर सम्वाद कार्यक्रममा विभिन्न व्यक्तिहरुले विभिन्न सुझाव दिएका थिए ।
सर्वपक्षिय सम्वाद कार्यक्रमलाई सहजीकरण गर्दे पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले पालिकामा आन्तरिक आम्दानीको श्रोत कम हुदै गएको, संघ र प्रदेशवाद आउने वजेटमा भाी कटौती भएको सन्र्दभमा नागरिकको माग र आवश्यकतालाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने विषयमा सुझाव संकलन गर्न कार्यक्रम गरिएको वताए ।


कार्यक्रममा सहभागीहरुले वजेटमा कृषि र उत्पादनका विषयमा वजेट वनाउनुपर्ने वताएका थिए । शिक्षा क्षेत्रको आमुल परिवर्तन विना विकास निर्माण सम्भव नहुनेमा सहभागीहरुले जोड दिएका थिए भने नेकपा माओवादी केन्द्रका म्याग्देका संयोजक वालकृष्ण श्रेष्ठले म्याग्दे गाँउपालिकालाई पर्यटीय दृष्टिकोणले अगाडी वढाउनुपर्ने वताएका थिए । यसैगरि कार्यक्रममा रास्वपाका म्याग्दे संयोजक मनोज अधिकारीले पालिकालाई समृद्ध र सवल वनाउन सवै पक्ष लाग्नुपर्ने वताए । पालिकामा आम्दानीको श्रोत विना विकास निर्माण सम्भव नभएको हुदाँ आफुले पनि श्रोतको खोजीमा लाग्ने वताए ।


कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले स्थानिय सरकार पािलका सरकार र संघिय सरकाले तोकेको न्युनतम मापदण्डमा तोकेर वजेट निर्माण गर्नुपर्ने भएको हुदाँ सरोकारवाला पक्ष सम्पुर्ण म्याग्देको विकास निर्माण र उत्थानमा लाग्नुपर्ने वताए ।
यसैगरि पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वजेट निर्माण आम टोलवासी, वस्ती, वडा हुदै पालिका सम्मको चासोको विषय वनेको हुदाँ वजेट निर्माणमा आम जनताको न्युनतम आवश्यकतामा केन्द्रित रहने वताए । पालिका जनताको साथ र सहयोग विना अगाडी वढ्न नसक्ने हुदाँ नागरिकको सरोकारको विषयमा पालिकाले विभिन्न चरणमा सुझाव लिईएको वताए । वडामा टुक्रे योजनाले ठोस विकास निर्माणको काम नहुने हुदाँ सिगो पालिकालाई भुगोल मानेर अगाडी वढ्नुपर्ने वताए । मेरो टोल, मेरो वडा हैन, हाम्रो पालिका भनेमा मात्र समृद्ध म्याग्दे वनाउन सकिने अध्यक्ष श्रेष्ठको दावी रहेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.